काठमाडौं । सात जना शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस भएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै रिक्त रहेका उपसचिव पदमा कार्यक्षमताको आधारमा बढुवा सिफारिस गरिएको जनाएको छ ।
बढुवा समितिको सोमवार नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, (राजपत्रांकित द्वितीय श्रेणी) अन्तर्गत सात जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवा सिफारिस गरिएको हो ।



