काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेका विगतका आफ्ना कामका अभिलेख नै आफूलाई नेता साबित गरिसकेको दावी गरेका छन् ।
आज सार्वजनिक गरेको चुनावी घोषणापत्रमा प्रमुख पार्टीहरू मिलेर सरकार बनाएकोले विकल्पहीन अवस्था सिर्जना भएको भन्ने भाष्य गलत भएको बताए।
उनले भने, ‘हामीले बुझ्नुपर्छ– ठुला पार्टीहरू मिलेकै कारण दुर्घटना भएको होइन, उनीहरूबिचको एकता फुटाउन– भत्काउनका लागि दुर्घटना गराइएको हो। संवैधानिक प्रक्रियाबाट सरकार ढाल्ने र अस्थिरताको चक्रनिरन्तर सञ्चालन गरिरहने सम्भावना नभएपछि नयाँ ढङ्गको षड्यन्त्र सुरु भएको हो।’


