काठमाडौं । सर्वोच्च अदालतले अदालतबाट अर्को आदेश नहुँदासम्म धनुषा(१ को निर्वाचन प्रणालीको मतपरिणाम घोषणा नगर्न आदेश गरेको छ ।
न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमलले दायर गरेको उत्प्रेषण रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीहरूलाई सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो।


