काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च पदमा बसेकाहरुको सम्पत्ति छानबिन गर्नु राम्रो भएको प्रतिक्रिया दिएका छन् ।
नेकपाको केन्द्रीय कार्यालय, पेरिसडाँडामा आयोजित संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै निष्पक्ष छानबिनमा जोड दिएका हुन्। सरकारले सम्पत्ति शुद्धीकरणमा पूर्वप्रधानमन्त्रीहरूमाथि छानबिन गरिरहेको भन्ने विषयमा सञ्चारकर्मीले प्रश्न गरेका थिए।
त्यसको जवाफमा पूर्वप्रधानमन्त्री प्रचण्डले त्यो यसअघि आफूले उठाएको विषय भएको बताए। उनले अनुसन्धान स्वतन्त्र हिसाबले अघि बढ्नुपर्नेमा जोड दिए। ‘त्यो त हामीले भनेकै कुरा हो। मैले पार्लियामेन्टमै भनेको हो, सबैको छानबिन होस्,’ प्रचण्डले भने।


