काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा उनलाई नियन्त्रणमा लिएको हो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्काबारे अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयमा पत्र पठाएको थियो। त्यही आधारमा अनुसन्धानका लागि खड्कालाई नियन्त्रणमा लिइएको सीआईबीले जनाएको छ।


