काठमाडौं । आज बिहान सुकेधारा र नैकापमा गाडीमा आगजनी भएको छ ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवन भट्टराईले सवारी साधनमा भएको आगजनीको पुष्टि गरेका छन् । उनका अनुसार सुकेधारा बा ७ च १४०१ र नैकापमा बीएए २८३६ नम्बरको गाडीमा आगजनी भएको हो ।
प्रहरी उपरीक्षक भट्टराईले मंगलबार बिहान ३ बजेतिर गाडीहरूमा आगजनी भएको र आगजनी गरिएको गाडीमा दुर्गा प्रसाईंको पर्चा फेला परेको जानकारी दिए ।


