काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ( बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीदमूल्य १४९।३१ रुपैयाँ र बिक्रीमूल्य १४९।९१ रुपैयाँ कायम भएको छ।
त्यसैगरी यस दिन १० जापानिज येनको खरीददर ९.३८ रुपैयाँ र बिक्रीदर ९.४२ रुपैयाँ, एक कतारी रियालको खरीददर ४०.९६ रुपैयाँ र बिक्रीदर ४१.१२ रुपैयाँ र १०० दक्षिण कोरियन वोनको खरीददर १०.१६ रुपैयाँ र बिक्रीदर १०.२० रुपैयाँ निर्धारण भएको छ।



