काठमाडौं । गणेश नेपाली मृत्यु प्रकरणमा छानबिन समिति गठन गरिएको छ। शुक्रबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिएका हुन् ।
गृहमन्त्री गुरुङका अनुसार घटनाको सत्यतथ्य पत्ता लगाउन र निष्पक्ष अनुसन्धान अघि बढाउन काठमाडौँ महानगरपालिकाका ३ जना नगर प्रहरीलाई समेत नियन्त्रणमा लिएर सोधपुछ थालिएको छ ।
बिहीबार काठमाडौँको त्रिपुरेश्वरमा नगर प्रहरीसँग विवाद भएपछि गणेशले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए।
गम्भीर घाइते भएका उनको शुक्रबार बिहान वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।


