काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई विभाजन हुन नदिन आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका छन् ।
बिहीबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले महाधिवेशनलाई साझा बनाउने प्रयासमा आफ्नो तर्फबाट गर्नुपर्ने सबै काम गर्न तयार रहेको बताएका हुन्।
पूर्वसभापति शेरबहादुर देउवासहित वरिष्ठ नेताहरूलाई सहयोग र सहकार्यका लागि आग्रह गर्दै थापाले पार्टीले छुट्टाछुट्टै महाधिवेशन गर्नुपर्ने कुनै कारण नरहेको बताए।
‘मेरो आदरणीय नेता शेरबहादुर देउवाजीलगायत सबै नेताहरूलाई विशेष अनुरोध गर्न चाहन्छु। अब हामीले छुट्टाछुट्टै महाधिवेशन गर्नुपर्ने कुनै कारण वा अवस्था छैन। सबैलाई एकै ठाउँमा जोडेर महाधिवेशन सम्पन्न गरौँ,’ थापाले भने।


