काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेत युवराज दुलालले तातोपानी नाका तत्काल सञ्चालनको लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
उनले आजको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै यस्तो आग्रह गरेका हुन् ।
चीनले विभिन्न बाहना देखाउँदै तातोपानी नाकाबाट पनि सामान ल्याउन रोकेको छ। दशैँको मुखमा आयात–निर्यात प्रभावित हुँदा त्यसको असर नेपाली बजारमा पर्ने भन्दै सांसद दुलालले तातोपानी नाका सञ्चालनको लागि पहल गर्न ढिलाई गर्न नहुने बताए।
‘


