काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा मतदानको समय फेरि सरेको छ।
केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले शुक्रबार बिहान ७ बजे मतदान सुरु हुने जानकारी दिए।
केही प्राविधिक कारण र तयारी नपुगेकाले मतदान समय सारिएको जनाएको छ।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय नेतृत्व चयनको निर्वाचन प्रक्रिया अघि बढेसँगै ७ हजार ११४ जना मतदाताले नयाँ केन्द्रीय नेतृत्व चयनका लागि मतदान गर्ने भएका हुन्।
