काठमाडौं । सर्वोच्च अदालतमा चार जना न्यायाधीश सिफारिस भएका छन् । आज बसेको न्याय परिषद्ले बैठकले उच्च अदालतका न्यायाधीशहरू रत्नबहादुर बागचन, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सिफारिस गरेको हो ।
बागचन उच्च अदालत पोखराका मुख्य न्यायाधीश हुन्। त्यस्तै सारु उच्च अदालत पाटन, पाण्डे उच्च अदालत पाटनको हेटौंडा इजलास र डाँगी उच्च अदालत जनकपुरको वीरगन्ज इजलासमा कार्यरत छन्। डाँगी हालः सर्वोच्च अदालतमा काजमा काम गर्दै आएका छन्।
प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माको अध्यक्षतामा बसेको बैठकमा परिषद्को सदस्यमा कानुन मन्त्री सोविता गौतम, सर्वोच्चका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, महेशकुमार नेपाल र दामोदर खड्का छन्।
