काठमाडौं । केही दिनदेखि ओालो लागेको सुनको मूल्य आज पनि घटेको छ । आज नेपाली बजारमा स्ुन तोलामा एक हजार ९ सय रुपैयाँ घटेको हो ।
योसँगै आज सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन सुन प्रतितोला २ लाख ६९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य आज तोलामा ३० रुपैयाँ घटेको छ ।

