काठमाण्डौ । असार २९ बाट एकीकृत कारोबार सुरु गर्न लागेको प्रभु महालक्ष्मी लाइफको ३ दिन सबै सेवा बन्द हुने भएको छ । मर्जर प्रक्रिया पूरा गरी प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले असार २९ गतेबाट एकीकृत कारोबार सुरु गर्न लागेका छन् ।
मर्जरपछि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु हुने भएको हो। यी दुवै कम्पनी १ः१ सेयर स्वाप रेसियोमा मर्ज भएका हुन्।
दुवै कम्पनीबीच २०७९ असार ३० गते मर्जरमा जाने प्रारम्भिक सम्झौता र गत जेठ ३ गते अन्तिम सम्झौता भएको थियो।
दुवै कम्पनीको गत जेठ २६ गतेको साधारणसभाले मर्जर प्रक्रियालाई स्वीकृति गरिसकेको छ। मर्जरपछि कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा रमेशकुमार भट्टराई रहनेछन्।


