काठमाडौं । गणेश थापा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् नर्वेको उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् पोखरा २५ हेम्जाका उनी विगत लामो समयदेखि नर्वेमा बसोबास गर्दे आएका छन् ।
थापा युरोपमा युवाहरुमाझ निकै लोकप्रिय छन् । उनी नेपाली कांग्रेसको भात्रृसंगठन नेपाल तरुण दल नेदरल्याण्डसको अध्यक्षसमेत हुन् । यसका अलावा उनी कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद नेपालको संस्थापक युवा संयोजकमो भूमिकामा पनि छन् । थापा अन्य विभिन्न सामाजिक संघ संस्था र सामाजिक काममा संलग्न रहेका छन् ।
कामको शिलशिलामा आफू देशबाहिर रहनु परेता पनि थापा देशलाई सकेको योगदान दिनुपर्ने उनको धारणा छ । उनी विदेशमा नेपाल र नेपालीको लागि केही गर्नुपर्छ भने भावनाले अघि बढेको र सामाजिक कार्यमा लागेको बताउँछन् । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय नर्वेमा आगामी दिनहरुमा नेपाली समाजका लागि सकारात्मक सोचका आफूले सक्दो सहयोग गर्ने उनले बताए ।


