काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५४ पैसा रहेको छ भने एक युरोको खरिददर १४२ रुपैयाँ ३८ पैसा र बिक्रीद १४२ रुपैयाँ ०२ पैसा रहेको छ । यस्तै एक पाउण्ड स्टर्लिङको खरिददर १६६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १६६ रुपैयाँ ८१ पैसा रहेको छ ।
यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ७१ पैसा र बिक्रीदर ८५ रुपैयाँ ०९ पैसा रहेको छ। यस्तै कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २० पैसा र बिक्रीदर ३६ रुपैयाँ ३६ पैसा रहेको छ ।


