काठमाडौं । लक्ष्मी सनराइज बैंकको २१ करोड ६७ लाख २ हजार ३७९ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।
तत्कालीन लक्ष्मी र सनराइज बैंक एक आपसमा मर्ज भएपश्चात यो सेयर लक्ष्मी सनराइज बैंकको नाममा सूचीकृत भएको हो ।
अब दुवै बैंकका सेयरधनीले लक्ष्मी सनराइज बैंकको नामबाट सेयर कारोबार गर्न सक्नेछन् । सोमबारबाट यस बैंकको कारोबार सुचारु हुनेछ । नेप्सेले बैंकको पहिलो कारोबारको लागि १७३ रुपैयाँ ५ पैसा सुरुवाती मूल्य तोकेको छ ।


