काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले विदेश जानैपर्छ भन्ने नेपालीहरुको मानसिकता परिर्वतन गर्न आवश्यक रहेको बताएका छन् ।
मन्त्री महतले बिहीवार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । अर्थमन्त्री महतले राष्ट्रिय रुपमा सबैको मानसिकता बाहिर जानैपर्छ भन्ने भएको भन्दै विद्यार्थी र युवाहरुको मानसिकता परिवर्तन गर्न आवश्यक रहेको बताए ।
उनले नेपालमा नै धेरै अवसरहरु भएको भन्दै ५० देखि १०० प्रतिशत छात्रवृत्ति बिनाको विदेशमा अध्ययनका लागि जानु नहुने बताए । उनले नेपालबाट जाने विद्यार्थीहरु राम्रो विश्वविद्यालयहरुमा नगएको भन्दै उनीहरुले अध्ययन पूरा गर्न नसक्ने राम्रो अवसर समेत पाउन नसकेको बताए ।


