काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आजदेखि लगातार तीन दिनसम्म काठमाडौं र ललितपुरका केही ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको छ।
नेपाल विद्युत प्राधिकरणले स्युचाटार टेकु सबस्टेसनबाट तीन दिन सट डाउन गर्न लागेको हो। प्राधिकरणले सूचना जारी गर्दै विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको छ।
टेकु सबस्टेशन स्तरोन्नती गरी टेकू–स्युचाटार ६६ केभी लाइनमा चार्ज गर्नेगरी काम भइरहेको प्राधिकरणले जनाएको छ। त्यसका लागि ६६ केभी स्युचाटार(टेकु लाइन शुक्रबार बिहान ८ बजेदेखि सोमबार बिहान ८ बजेसम्म तीन दिनसम्म ‘सटडाउन’ गरिने प्राधिकरणले जनाएको छ।
त्यसैगरी ६६ केभी स्युचाटार–पाटन प्रसारण लाइन शनिबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म र ६६ केभी स्युचाटार–के३ लाइन शनिबार दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म सटडाउन गरिने प्राधिकरणले जनाएको छ।


