काठमाडौं । कर्जा निक्षेप तथा सुरक्षण कोषको ५० औं वार्षिक उत्सवको अबसरमा आयोजित वाकथन प्रतियोगिता भब्य रुपमा सम्पन्न भएको छ ।
कर्जा निक्षेप तथा सुरक्षण कोशको गैरिधारास्थित केन्द्रीय कार्यालयबाट सुरु भएको वाकथन काठमाडौंको विभिन्न स्थान परिक्रमा गरेर प्रज्ञा प्रतिष्ठान कमलादीमा वाकथनमा सहभागी बिजेताहरुलाइ मेडल तथा नगद पुरस्कार प्रधान गर्दै सम्पन्न भएको हो।

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर, तथा, हालका डिपुटी गभर्नर बम बहादुर मिश्र, बिभिन्न बैंक तथा वित्तीय सस्थाहरुको प्रमुख कार्यकारी अधिकृत तथा नायव प्रमुख कार्यकारी अधिकृतहरु तथा बैकका कर्मचारीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
वाकथनमा कर्जाको सदुपयोग गरौं वित्तीय प्रणालीप्रति विश्वास गरौं, कर्जाको किस्ता ब्याज समयमै तिरौं, जिम्मेवार नागरिकको परिचय दिऔं लगायतका नारा अंकित टिसर्टले थप रौनकता पाएको थियो।
वार्षिक उत्सवको अबसरमा विभिन्न क्षेत्रका महिला तथा पुरुषको ५ किलोमिटरको दौड प्रतियोगिता गरिएको थियो । सो प्रतियोगितामा पुरुषतर्फ मुकेश पाल प्रथम, सन्जय श्रेष्ठ, द्धितीय, काश राई, तृतीय स्थान हासिल गरेका थिए भने महिलातर्फ राममाया बुढा प्रथम, पूर्ण लक्ष्मी न्यौपाने द्धितीय र सिर्जना पाण्डेले तृतीय स्थान हासिल गरेका थिए । विजेता प्रतियोगहरुलाइ नेपाल राष्ट्र बैंकका डिपुटी गभर्नर, निक्षेप सुरक्षण कोषका प्रमुख डा. रमेश घिमिरे लगायतले प्रमाणपत्र सहित नगत पुरस्कार प्रदान गरेका थिए । प्रथम हुनेलार्इ नगद १५ हजार, द्धितीयय र तृतीय हुनेले १०–१० हजार पुरस्कार प्राप्त गरेका थिए । वाकथन प्रतियोगिताको अन्तिममा निक्षेप सम्बन्धी नयाँ नारा तथा रेडियो जिङ्गल समेत सार्वजनिक गरेको छ। कोषको यो वर्षको नारा धन र ॠण दुबैको संरक्षण तय गरेको छ। कोषका प्सशासन बिभागका नायब प्रवन्धक अच्युत पन्तले ५० औं वार्षिकीको अवसरमा भाद्र २९ गतेबाट सुरु भएको कर्जा निक्षप तथा सुरक्षण सम्बन्धित विभिन्न सचेतनामूलक कार्यक्रमलाई असोज ४ गतेसम्म निरन्तरता दिइने बताए ।



