काठमाडौं । आजबाट दशैंका लागि काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुका अग्रिम टिकट बुकिङ खुला भएको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले पुरानै भाडामा अग्रिम टिकट खुला भएको बताए ।
गत शुक्रबार सरकार र यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच भएको सहमति अनुसार आजदेखि दसैँ लागि टिकट बुकिङ खुला गर्ने सहमति भएको थियो ।
हरेक वर्ष दसैँ, तिहार र छड पर्वलगायत प्रमुख चाडपर्वका अवसरमा काठमाडौँबाट लाखौँ यात्रु बाहिरिने गरेका छन्। दसैँको अवधिमा काठमाडौँ उपत्यकाबाट करिब २० लाख मानिस बाहिरिने अनुमान छ ।


