काठमाडौं। साताको अन्तिम कारोबार दिन विहीबार शेयर मापक परिसूचक (नेप्से) मा झिनो गिरावट आएको छ । आज नेप्से परिसूचक ०.६२ अंकले घटेको हो ।
आज ४ अर्ब ३० करोड रुपैयाँको सेयर किनबेच भएको नेप्सेले जनाएको छ।
निर्धन उत्थान लघुवित्त, समाज लघुवित्त, मिड सोलु हाइड्रो, हिमालयन रि इन्स्योरेन्स लगायत ८ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो। हिमालयन रि इन्स्योरेन्सको सेयर मूल्य प्रति कित्ता ४५२.६० रुपैयाँ पुगेको छ।
सोमबारयता निरन्तर बढिरहेको घटेर २०८८.९९ बिन्दुमा आइपुगेको छ।


