काठमाडौं। विहीबार लक्ष्मी सनराइज बैंकले आफ्नो २३औं साधारण सभा सम्पन्न गरेको छ । सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट दिनेश पौड्याल र स्वाती रुङ्गटा एवं संस्थापक सेयरधनीको तर्फबाट रमण नेपाल र मनोज कुमार भट्टराईलाई सञ्चालक समितिमा निर्वाचित गरेको छ ।
सभाले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ ।
यसैगरी, सभाले सञ्चालक समितिको प्रतिवेदन तथा अर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण पनि पारित गरेको छ ।
नवनियुक्त सञ्चालक समितिको बिहीबार नै बसेको बैठकले रमण नेपाललाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ ।


