काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले केरुङ र तातोपानी नाका जोड्ने सडक पूर्वाधारलाई सरकारले उच्च प्राथमिकता दिनुपर्ने बताएका छन् ।
शनिबार काठमाडौंमा भएको नेपाल हिमालय सीमापार वाणिज्य संघको २४ औं साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपाल–चीन जोड्ने अहिले सञ्चालनमा रहेका व्यापारिक नाकाहरू जाने सडकपूर्वाधारहरु तुलनात्मक रुपमा कमजोर रहेको बताए ।
उनले सरकारले चीनसँगको व्यापार व्यवसायलाई सहज बनाउन सबैभन्दा पहिला सडक सञ्जाललाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिए । अध्यक्ष ढकालले नाकासम्म जोड्ने सडकपूर्वाधारलाई व्यवस्थित बनाउँदै विकास गर्न आवश्यक देखिएको उल्लेख गरे ।


