काठमाडौं । आज बिहान ११ बजे संघीय संसद भवन नयाँबानेश्वरमा राष्ट्रियसभाको बैठक बस्ने तय भएको छ ।
आजको बैठकको सम्भावित कार्यसूचीमा विधायन व्यवस्थापन समितिकी सभापति जयन्तीदेवी राईले स्थानीय तहको कानुन निर्माण प्रक्रिया एवं अभ्यास सम्बन्धमा स्थलगत अध्ययन, अनुगमन एवं अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन, २०८० सभा समक्ष पेस गर्ने रहेको छ ।
यसैगरी, आगामी आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सभामा छलफल हुने सम्भावित कार्यसूची रहेको छ ।


