काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यवस्था परिवर्तनपछि मान्छेको अवस्थामा पनि परिवर्तन भएको बताएका छन् । पूर्व प्रधानमन्त्री ओलीले आज काठमाडौँमा मोतीदेवी स्मृति केन्द्रले गरेको पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् ।
पहिलाको समयमा महिलाहरू राजनीतिमा अघि नबढेको र अहिले मन्त्री भइरहेको उनले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले आज सम्पूर्ण जनप्रतिनिधिमा ४० प्रतिशत महिलाहरू जनप्रतिनिधि रहेका र ३३ प्रतिशत संसदमा रहेको बताए ।
उनले राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता बाध्यकारी रहेको र अब ५० प्रतिशत पुर्याउनुपर्ने जिम्मेवारी रहेको बताए ।


