काठमाडौं । सूर्यज्योति लाइफलले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिलालाई आत्मनिर्भर बनाउने तया आय आर्जन बृद्धि गर्ने पवित्र उद्देश्य लिएर सिलाई कटाई तालिमका लागि आवश्यक मेशिन तथा अन्य सामग्री हस्तान्तरण गरेको छ ।
कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नवलपरासीस्थित फुलवारी सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र, मध्यविन्दु ३, लाई बिपन्न बर्गका महिलाहरुको आर्थिक क्षमता बृद्धि गर्न सहयोग गर्ने हेतुले सिपमुलक सिलाई कटाई तालिम संचालन गर्ने प्रयोजनका लागि १० थान अत्याधुनिक सिलाई मेशिन तथा सोसंग सम्बन्धित सामाग्रीहरु हस्तान्तरण गरेको जनाएको छ ।


