काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्यमा ह्वात्तै गिरावट आएको छ । हिजोको तुलनामा सुन आज एकैदिन दिन २ हजार २ सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन हालसम्मकै उच्च १ लाख ३९ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।
आइतबार घटेर १ लाख ३६ हजार ८ सय रुपैयाँमा झरेको छ। तेजाबी सुन आज १ लाख ३६ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको छ। चाँदी पनि आज ५० रुपैयाँ सस्तो भएर १ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ।


