काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार झिनो अंकले बढेको छ । आइतबार नेप्से परिसूचक ४.९८ अंकले बढेको हो ।
आज दुई करोड ४४ लाख २६ हजार ९०० कित्ता सेयर ११ अर्ब ७२ करोड ६७ लाख रुपैयाँबराबरमा खरिद–बिक्री भएको छ ।
कारोबारमा रहेका १३ उपसमूहमध्ये नौ समूहको समूहगत परिसूचक बढेको छ । चार उपसमूहको समूहगत परिसूचक घटेको छ ।
१४५ कम्पनीको सेयर मूल्य बढेको छ । ९२ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्य स्थिर छ ।


