काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज बैंकले सार्वजनिक गरेको सटहीदर अनुसार एक अमेरिकी डलरको खरिददर १३६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०३ पैसा कायम भएको छ भने एक युरोपियन युरोको खरिददर १५५ रुपैयाँ ०५ पैसा र बिक्रीदर १५५ रुपैयाँ ७३ पैसा तोकेको छ । यसैगरी एक युके पाउन्ड स्टर्लिङको खरिददर १८१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १८२ रुपैयाँ ४६ पैसा, स्वीस फ्र्यांक एकको खरिददर १६४ रुपैयाँ ८० पैसा र बिक्रीदर १६५ रुपैयाँ ५३ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ २६ पैसा र बिक्रीदर ८७ रुपैयाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ४६ पैसा र बिक्रीदर ९८ रुपैयाँ ८९ पैसा, सिंगापुर डलर एकको खरिददर १०३ रुपैयाँ ७३ पैसा र बिक्रीदर १०४ रुपैयाँ १९ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी केन्द्रीय बैंकले जापानी येन १० को खरिददर नौ रुपैयाँ ४९ पैसा र बिक्रीदर नौ रुपैयाँ ५४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७२ पैसा र बिक्रीदर १८ रुपैयाँ ८० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५९ पैसा तोकेको छ ।


