काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
बैंकले आज सार्वजनिक गरेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १३६ रुपियाँ ०५ पैसा र बिक्रीदर १३६ रुपियाँ ६५ पैसा कायम भएको छ भने एक युरोपियन युरोको खरिददर १५४ रुपियाँ ५१ पैसा र बिक्रीदर १५५ रुपियाँ १९ पैसा तय भएको छ । यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १८३ रुपियाँ ६७ पैसा र बिक्रीदर १८४ रुपियाँ ४८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६४ रुपियाँ ८५ पैसा र बिक्रीदर १६५ रुपियाँ ५८ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ ९४ पैसा र बिक्रीदर ८८ रुपियाँ ३३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपियाँ ५० पैसा र बिक्रीदर ९८ रुपियाँ ९३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपियाँ ८१ पैसा र बिक्रीदर १०६ रुपियाँ २८ पैसा निर्धारण गरिएको छ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ५० पैसा र बिक्रीदर नौ रुपियाँ ५४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ९४ पैसा र बिक्रीदर १९ रुपियाँ ०२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ २७ पैसा र बिक्रीदर ३६ रुपियाँ ४३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ३३ पैसा र बिक्रीदर ३७ रुपियाँ ४९ पैसा कायम भएको छ।
।


