काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विदेशको नागरिकता लिएकाहरुलाई नेपाली नागरिकता दिन नसकिने प्रष्ट पारेका छन्।
पूर्व प्रधानमन्त्री उनले आज ललितपुरमा आयोजित सुगौली सन्धि र नेपालमा नागरिकता पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।
उनले ब्रिटिश गोरखा सैनिकहरुले नेपालको नागरिकता निरन्तरताको माग उठाउनु स्वभाविक भए पनि अर्को देशको नागरिकता लिइसकेपछि नेपालको नागरिकता दिन नसकिने स्पष्ट पारे।
उनले अरु कामका लागि एनआरएनलाई दिए सरहको नागरिकता दिन सकिने बताए।


