काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तापक्षीय दलको बैठक जारी छ। आज आगामी वर्ष ०८२/०८३ को विनियोजन विधेयक (बजेट) संसद्बाट पास गर्ने भएकाले त्यसअघि गठबन्धनको बैठक बसेको हो ।।
यस्तै एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपमहासचिव विष्णु रिमाल, कांग्रेसबाट नेता कृष्णप्रसाद सिटौला, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, लोसपा अध्यक्ष महन्थ ठाकुर पनि बैठकमा सहभागी छन्।


