काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
बैंकले आजका लागि निर्धारण गरेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १३६ रूपैयाँ ३४ पैसा र बिक्रीदर १३६ रूपैयाँ ९४ पैसा निर्धारण गरिएको छ भने एक युरोपियन युरोको खरिददर १६० रूपैयाँ ५८ पैसा र बिक्रीदर १६१ रूपैयाँ २९ पैसा तोकेको छ । यसैगरी आइतबारका लागि एक युके पाउण्ड स्ट्रलिङको खरिददर १८६ रूपैयाँ १० पैसा र बिक्रीदर १८६ रूपैयाँ ९२ पैसा निर्धारण गरेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८९ रूपैयाँ ४३ पैसा र बिक्रीदर ८९ रूपैयाँ ८२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रूपैयाँ ३१ पैसा र बिक्रीदर १०० रूपैयाँ ७५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रूपैयाँ ०५ पैसा र बिक्रीदर १०७ रूपैयाँ ५२ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रूपैयाँ ४५ पैसा र बिक्रीदर नौ रूपैयाँ ४९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ०४ पैसा र बिक्रीदर १९ रूपैयाँ १२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ३५ पैसा र बिक्रीदर ३६ रूपैयाँ ५१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ४१ पैसा र बिक्रीदर ३७ रूपैयाँ ५७ पैसा कायम भएको छ ।


