काठमाडौं । मंगलबार पनि सेयर बजामा गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक शून्य दशमलव १४ अंकले घटेर २ हजार ६८३ दशमलव ८६ को विन्दुमा कायम भएको छ ।
आज ३०४ कम्पनीको १ करोड ५० लाख २७ हजार ३७२ कित्ता शेयर ५६ हजार २७६ पटक खरिदबिक्री हुँदा ६ अर्ब ५७ करोड ४१ लाख ६६ हजार ८१४ बराबरको कारोबार भएको छ ।


