काठमाडौं । नेपाल राष्ट्र बैंकले एटिएमबाट झिक्न सकिने रकमको सीमा घटाउने निर्णय गरेको छ। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले शुक्रबार जारी गरेको निर्देशन अनुसार अब बैंक तथा वित्तीय संस्थाले जारी गरेका डेबिट कार्डबाट एक पटकमा अधिकतम २० हजार रुपैयाँ मात्र निकाल्न सकिनेछ।
नयाँ व्यवस्था अनुसार एक दिनमा अधिकतम ५० हजार रुपैयाँ र एक महिनामा अधिकतम ३ लाख रुपैयाँसम्म मात्रै झिक्न पाइनेछ।


