काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आज पदबाट राजीनामा दिने तयारी छ ।
उनी आसन्न निर्वाचनमा उम्मेदवार बन्ने भएसँगै पदबाट हट्न लागेका हुन् । दिउँसो २ बजेअघि उनले राजीनामा दिने बालेनका शिक्षा सल्लाहकार सस्मित पोखरेलले बताए । त्यसपछि बालेन राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी हुने उनले जानकारी दिए ।
बालेनले उपमेयर सुनिता डंगोललाई राजीनामापत्र बुझाउनेछन् ।


