काठमाडौं । झापा क्षेत्र नम्बर ५ राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भारी मतान्तरले पराजित गरेका छन् ।
कुल खसेको मतमध्ये बालेन शाहले ६८ हजार ३४८ मत प्राप्त गर्दा एमाले अध्यक्ष ओली १८ हजार ७३४ मतमा मात्रै पाए जुन बालेनको भन्दा ४९ हजार ६१४ मतले कम हो ।
रास्वपाले शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेका कारण देशभरकै नजर यो क्षेत्रमा थियो।
ओलीले संसदीय चुनावमा पराजय भोगेको यो दोस्रोपटक हो । उनले झापामै ६ पटक जितेका थिए । २०६४ सालको संविधान सभा चुनावमा माओवादी लहर चलेका बेला विश्वदीप लिङ्देनसँग उनी झापा ७ मा हारेका थिए ।


