काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह ९बालेन०लाई नियुक्त गरेका छन् ।
संविधानको धारा ७६ को १ अaनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा झापा–५ बाट पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचित भएका शाह शुक्रबार प्रधानमन्त्री बनेका हुन् ।


