काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहट जिल्ला अदालतमा कार्यरत डिठ्ठा लव कुमार सिंहलाई ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।
सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा नियन्त्रणमा अख्तियारले जनाएको छ ।
उनले अदालतको फैसलाबमोजिम दर्ता–खारेजी पुर्जी तयार गरी जग्गा फुकुवा गराइदिने भन्दै घुस माग गरेको उजुरी परेको थियो।
उक्त उजुरीका आधारमा खटिएको टोलीले उनलाई गौर नगरपालिका वडा नं। १ स्थित जिल्ला अदालत परिसरबाट ५० हजार रुपैयाँ नगद र एक थान मोबाइलसहित पक्राउ गरेको जनाएको छ।


