काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका लेखा अधिकृत झलक शर्मासहित पाँच जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले आज उनीहरुले गैरकानुनी तबरले सम्पत्ति आर्जन गरी स्रोत लुकाउने उद्देश्यले शुद्धीकरण गरेको आरोपमा मुद्धा चलाएको हो ।
पौडेलले २ करोड ५८ लाख ६७ हजार ३२४ रुपैयाँ ५३ पैसा बराबरको गैरकानुनी सम्पत्तिको स्रोत लुकाउन शुद्धीकरण गरेको अख्तियारले दाबी गरेको छ।
अख्तियारले बैंक तथा वित्तीय संस्थामार्फत जटिल आर्थिक कारोबार भएको पुष्टि गर्दै कैद, जरिवाना र १ करोड ७० लाख १३ हजार ५० रुपैयाँ ७७ पैसा जफत गर्न माग गरेको छ।


