काठमाडौं । चारदिनको लगतार बिदापछि आज खुलेको सेयर बजार ओरालो लागेको छ । आज धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक २६ दशमलव ७२ अंकले घटेको हो । आज पाँच अर्ब ६१ करोड ४३ लाख ७४ हजार ९२८ मूल्यको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी ३९ करोड ३३ लाख ५० हजार रुपैयाँको कारोबारसहित शीर्ष स्थानमा रह्यो । दोस्रो स्थानमा रहेको नेपाल पुनर्बीमा कम्पनीको ३७ करोड ५ लाख ६७ हजार रुपैयाँ बराबरको सेयर किनबेच भयो।


