काठमाडौँ । विशेष अदालतले व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्य न्यायाधीशहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासमा बयान सकिएपछि यस्तो आदेश भएको हो ।
उनीहरूमाथि सम्पत्ति शुद्धीकरण मुद्दा चलिरहेको छ । आदेशमा अग्रवालको स्वास्थ्यउपचारको व्यवस्था गर्न पनि भनिएको छ ।


