काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सडक अवरुद्ध भए तत्कालै खुलाउन सक्ने गरी आवश्यक पूर्वाधारको व्यवस्था भइसकेको बताएक छन् ।
सिंहदरबारमा बिहीबार बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकपछि गृहमन्त्री सुधन गुरुङले मनसुन प्रतिकार्य तथा विपद् व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भइसकेको र जोखिमयुक्त स्थानमा सुरक्षा निकायहरू खटाइसकेको जानकारी दिए ।
सरोकारवाला निकायलाई पनि यसअघिको भन्दा अझै बढी प्रभावकारी रूपमा विपद् व्यवस्थापनमा खटिन निर्देशन दिइसकेको उनले बताए ।
उनले जनताको सुरक्षाको लागि आवश्यक परे हेलिकोप्टर परिचालन गर्ने समेतको योजना रहेको जानकारी दिए ।
मन्त्री गुरुङले सुरक्षा निकायका प्रमुखहरूसँग भएको छलफल पछि नागरिकको सेवामा खटिन र गलत गर्ने कसैलाई पनि उन्मुक्ति नदिने गरी निर्मम हुन निर्देशन दिएको जानकारी दिए ।


