काठमाडौं । रातो पासपोर्ट दुरुपयोगमा संविधान सभाका तीन सदस्य लाई उच्च अदालत पाटनले दोषी ठहर गरेको छ । ।
न्यायाधीशहरु खड्कबहादुर केसी र गोपालप्रसाद बास्तोलाको इजलासले रातो पासपोर्ट दुरुपयोगका क्रममा सरकारी कागजात किर्ते गरेको आरोपमा सभासद्हरु गायत्री साह, विश्वनाथप्रसाद यादव, नारदमुनी राना लगायतलाई कसुदार ठहर गर्ने जिल्ला अदालतको फैसला सदर गरेको हो । उनीहरू २०६४ सालको संविधान सभाका सदस्य हुन् ।
जिल्ला अदालत काठमाडौंले २१ जेठ, २०७१ मा उनीहरुलाई कसुरदार ठहर गरेको थियो । उनीहरुमाथि पाँच महिना कैद र पाँच सय रुपैंयाका दरले जरिवानाको फैसला भएको थियो ।


