काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटामा कार्यरत इन्जिनियर सुमन राई, लेखा अधिकृत ईन्द्र बहादुर कार्की र सव–इन्जिनियर रविन श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
भोजपुर जिल्लास्थित विद्यालयको नयाँ भवन निर्माण कार्यको बिल भुक्तानीका सम्बन्धमा विभिन्न विषयमा प्राविधिक समस्याहरू देखाई अन्तिम बिल भुक्तानी प्रक्रिया अगाडी नबढाई घुस मागेको अख्तियारको भनाइ छ । १ लाख ३५ हजार माग गरी उनीहरुले पूर्व योजना बमोजिम एक आपसमा बाढीचुढी लिने खाने सहमति गरेका थिए ।
घुस रकम मध्ये ५० हजार रविन श्रेष्ठको बैंक खातामा पठाएको र बाँकी रकम ८५ हजार सुमन राईले नगद नै बुझी लिएको अख्तियारले जनाएको छ ।


