काठमाडौं । काठमाडौँको खुलामञ्चमा नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन गर्न अहिले चुनाव भइरहेको छ।
मतदान बिहान ७ बजे सुरु गर्ने तालिका भए पनि बिहान पौने ९ बजेतिर मात्र सुरु भएको हो।
निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार आज अपराह्न ३ बजेसम्म मतदान हुनेछ । महाधिवेशनमा ७ हजार ३१७ प्रतिनिधिले मतदान गर्नेछन् ।
मतदानका लागि दुई स्थानमा व्यवस्था मिलाइएको छ ।
