काठमाडौं । अर्थ मन्त्रालयले उपसचिवस्तरका ८५ जना कर्मचारीको सरुवा गरेको छ ।
मन्त्रालयले आज उनीहरुको सरुवा सूची सार्वजनिक गरेको भए पनि सरुवा भने केही दिनअघि नै भएको बताइएको छ । सरुवामा उपसचिव, निर्देशक, प्रमुख कर अधिकृत, प्रमुख भन्सार अधिकृत र प्रमुख अनुसन्धान अधिकृत समावेश छन्।
यसैबीच तातोपानी भन्सारमा गणेश प्रसाद अर्यालले बाजी मारेका छन् । केही समयअघि मात्रै तातोपानी पुगेका दीपेन्द्र प्रकाश गिरीलाई काठमाडौं ल्याइएको छ । अर्याल भन्सार विभागको नीति, महशुल शाखामा निर्देशकको रुपमा कार्यरत थिए ।
को कहाँ पुगे ?


