काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिकता पाउन एक सुक्काको पनि लेनदेन नभएको दाबी गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै थापाले पार्टीको राजनीतिक र कानुनी लडाइँमा आर्थिक लेनदेन तथा अनुचित काम आफूले नगरेको बताएका छन्। ‘१८ करोडको कुरा गर्छन्, पार्टीको आधिकारिकतासम्बन्धी राजनीतिक र कानुनी लडाइँमा रुपैयाँको होइन, एक सुक्काको पनि कुनै लेनदेन र अनुचित काम गरेको छैन,,’ थापाले भनेका छन्।,’
उनले कांग्रेसको विशेष महाधिवेशनलाई विद्रोहको संज्ञा दिएका छन् । ०८२ भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनको सम्मान गर्दै पार्टीभित्र पनि परिवर्तनको प्रयास गरिएको उनको भनाइ छ ।
कांग्रेसका तल्लो तहका कार्यकर्ताको ‘विद्रोह’मा आफूहरू सहभागी भएको उनले बताए ।

