काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको भाइटीका ग्रहण गरेका छन् । उनले राष्ट्रपति भवन शीतल निवासमा भाइटीका लगाएका हुन् ।
राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले बहिनी शारदा पण्डितबाट आज बिहान ११ बजेर ७ मिनेटको शुभसाइतमा विधिपूर्वक भाइटीका लगाएका उनको सचिवालयले जनाएको छ।
त्यस अवसरमा राष्ट्रपति पौडेललाई बहिनी शारदाले ओखर, बदामसहितका फलफूल र सौगात प्रदान गरिन्।

